पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ।

सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो। सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए।

कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ। त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ। उक्त भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गरिरहेका छन्।