कपिलवस्तुमा गुडिरहेको बसमा आगो लागेको छ।

तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा काठमाडौँबाट सुर्खेत जाँदै गरेको बसमा बिहीबार बिहान आगो लागेको हो। ना ७ ख ६०४८ नम्बरको बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यात्रुहरू भने सकुशल छन्।

प्रहरीका अनुसार बसमा ४४ जना यात्रु थिए। बस गुडिरहेका बेला बायाँतर्फको पाङ्ग्रामा आयो लागेपछि बस रोकेर सबै यात्रुलाई ओरालिएको हो। प्रहरीका अनुसार बसमा लागेको आगो नियन्त्रणको प्रयास सफल हुन सकेन र बस आधा घण्टामा पूर्ण रूपमा जल्यो। आगलागीको कारण भने खुल्न सकेको छैन।