दार्चुलामा एक नेपाल प्रहरी हबलदारको शव फेला परेको छ। सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको हो।

महाकाली नगरपालिका–४ बांगाबगडमा रहेको सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हवल्दार घर्ती बंगाबगडको एक होटल पछाडि मृत भेटिएको वडाध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिए।

घर्तीको हत्या भएको आशंका गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान तीव्र पारेको छ।