काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिने तयारी छ।
दिउँसो २ बजेअघि उनले राजीनामा दिने बालेनका शिक्षा सल्लाहकार सस्मित पोखरेलले बताए। त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुने उनले जानकारी दिए।
बालेनले उपमेयर सुनिता डंगोललाई राजीनामापत्र बुझाउनेछन्। त्यसपछि उनी औपचारिक रूपमा पार्टी राजनीतिमा होमिनेछन्। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने उनको तयारी छ। ०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेर ठूलो मतान्तरसहित उनी मेयरमा निर्वाचित भएका थिए।




















