‘जेनजी’ आन्दोलनपछि आइतबार पहिलोपटक राष्ट्रियसभाको बैठक बसेको छ। सिंहदरबारस्थित राष्ट्रियसभाका निम्ति तयार गरिएको हलमा बैठक बसेको हो।

बैठक सात मिनेट बसेर स्थगन गरिएको छ। यस दिनको बैठकबाट राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ।

शोक प्रस्ताव पारितसँगै आउँदो शुक्रबार बस्ने गरी बैठक स्थगन गरिएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताए।