नेपाली कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन गरेको छ। आगामी फागुन २१ मा हुने निर्वाचनको लागि टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो।

बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो।

काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आजको बैठकले बोर्ड गठनका साथै २१ फागुनमा हुने निर्वाचन केन्द्रित हुने गरी छलफल गरेको छ।