हामी नेपालका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूको मौनतालाई कमजोरी नठान्न भन्दै जनआन्दोलनको ज्वालामुखी उठाउने चेतावनी दिएका छन्।
मध्यरातमा सामाजिक सञ्जालमा ‘द काउन्सिल अफ जेन जेड’ को व्यानरमा आफ्ना धारणा राख्दै गुरुङले हिजोको सिमरा घटना गृहमन्त्रीको लाचारीपनले भएको आरोप लगाएका छन्। जेन जेडको शान्तिपूर्ण कार्यक्रममा एमालेद्वारा परिचालित ‘गुण्डा’ प्रवेश गरी अपमान र कुटपिट गरेको उनको दाबी छ।
सुदनको भनाइ छ,’गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट, र जेन जेड भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो। यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरूलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देश प्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने “मलाई पनि पक्राउ गर” राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु।
हत्याराहरूले हामीलाई खुल्ला चुनौती दिँदै हिँड्ने र सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठुलो हुने वाला छ। हेक्का रहोस्। आज देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्रै हो के हुन सक्छ भन्नेको। हाम्रा दाजुभाइहरूलाई छोएर कसैलाई खेल्न दिने छैनौँ। हाम्रो मौनतालाई कमजोरी नठान्नू।
पछिल्लो समय गुरु मन्त्री अर्यालविरुद्ध खरो सुनिँदै आएका छन्।




















