कानुन विज्ञ प्रोफेसर डाक्टर विपिन अधिकारीले नेपालमा व्यवस्थापन पढेका कानुन व्यवसायीहरूको खाँचो धेरै रहेकोले कलेजहरूले दक्ष कर्पोरेट लयर उत्पादन गर्न चासो दिनुपर्ने बताएका छन्।
बुधवार मनमोहन प्राविधिक विश्वविद्यालयको कानुन कलेजमा स्नातक तहको पाँच बर्षे व्यवस्थापन कानुन (बिबिए एलएलबी) पढ्न दोस्रो ब्याचमा भर्ना भएका विद्याथीहरुलाई उत्प्रेरणा दिँदै कानुन विज्ञ प्राडा अधिकारीले कर्पोरेट लयरहरुका लागि धेरै अवसर भएकोले कानुन कलेजहरूले अब कर्पोरेट लयरहरु उत्पादन गर्न चासो दिनुपर्ने बताएका हुन्।
काठमाडौँ विश्वविद्यालयको कानुन संकायका डिन रहिसकेका संविधान र व्यवस्थापन कानुनका विज्ञ प्राडा अधिकारीले बिबिए एलएलबी विए एलएबी भन्दा विशिष्ट कोर्स भएको भन्दै उत्पादन भएका कर्पोरेट लयर्सहरुलाई अवसरै अवसर रहेको पनि प्रस्टयाए। 
नेपालमा काठमाडौँ युनिभर्सिटी र कोशी प्रदेशको मनमोहन विश्वविद्यालयमा मात्र व्यवस्थापन कानुनको पढाई हुने गरेको जानकारी दिँदै पूर्व डिन डा अधिकारीले सरकारी र निजी क्षेत्रमा व्यवस्थापन कानुन व्यवसायीहरूका लागि प्रशस्त अवसर रहेको बताए। उनका अनुसार व्यवस्थापन कानुनमा आधारभूत कानुनहरू मात्र नभएर अर्थशास्त्रसँग सम्बन्धित बिजनेस र व्यवस्थापनको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपको पनि अध्ययन गर्नुपर्ने भएकोले उत्पादन भएका कानुन व्यवसायीहरू आफैमा सीप र ज्ञानले दक्ष हुन्छन्। यसैगरी, व्यवस्थापन डा. अधिकारीले भने ,‘ बिबिए एलएबीमा सबै आधारभूत तहका कानुनसँगै बिजनेस , प्रशासन र बिजनेस व्यवस्थापन अनि श्रम र उद्योगपति र कर्पोरेट बिजनेसबारे पनि पढ्नुपर्छ यसैले व्यवहारिक रूपमा दक्ष कर्पोरेट कानुन व्यवसायीहरू उत्पादन हुन्छ। ’
डा अधिकारीले आफूले संविधानसँगै व्यवस्थापन कानुन समेत पढेकोले एनसेलको ६१ कर छली मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा पैरवी गरेर नेपाल सरकारलाई जिताउन सफल भएको सुनाए। उनले व्यवस्थापन कानुन पढ्ने कानुन व्यवसायीहरू मुद्दाहरू अदालतसम्म लगेर इजलासमा बहस गरेर फिस लिने मात्र हुँदैनन् व्यवहारिक रूपमा मुद्दाको वास्तविकता बुझाएर सचेत गराउन पनि दक्ष हुने बताए। डा. अधिकारीले व्यवस्थापन कानुनमा पाँच बर्षे स्नातक पढ्ने विद्यार्थीहरू दक्ष कर्पोरेट लयर हुने मात्र नभएर अर्थशास्त्र र अन्य कानुनमा थप उच्चशिक्षा पढ्न कुनै अवरोध हुँदैन भने। कानुन विज्ञ डा. अधिकारीले व्यवस्थापन कानुनमा काठमाडौँ विश्वविद्यालयबाट पास आउट भएका कानुन व्यवसायीहरू सबै बजारमा सक्रिय भएको बताए। डा. अधिकारीले विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै भने , ‘व्यवस्थापन पढेका कानुन व्यवसायीहरू व्यवहारिक रूपमै सिप र ज्ञानले दक्ष हुनेभएकोले उनीहरू कर्पोरेट क्षेत्रमा सजिलै फेमिलिएर हुन्छन् यसैले उनीहरूको पेशामा सेवाग्राहीको कहिल्यै खाँचो हुँदैन।’,  
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले व्यवहारिक सिप सहितको कोर्स निर्माण गरेकैले मनमोहनले विएएलएलबीको पढाई सुरु गरेको बताए। उनले विएएलएबी पढ्ने विद्यार्थीहरूले निर्माण, वातावरण, सुरक्षा, साइबर अपराधसँगै ठेक्कापट्टा, खरिद, नापी, आदि व्यवहारिक कानुनबारे ज्ञानशीप हासिल गर्ने बताए। उपकुलपति पोखरेलका अनुसार व्यवस्थापन कानुनको पढाइलाई व्यवहारिक बनाउने कलेजले विद्यार्थीहरूका लागि अभ्यास इजलास बनाउन टेण्डर प्रक्रिया सुरु गरिसकेको जानकारी गराए। उपकुलपति पोखरेलले भने, विश्वविद्यालयले ‘नो नलेज विदआउट  मनमोहन कानुन कलेज’ को उद्देश्य लिएर आधा सैद्धान्तिक र आधा प्राक्टिल कोर्स तयार गरेको बताए। भिसी पोखरेलले भने, मनमोहनमा बिबिए एलएलबी अध्ययन गर्ने विद्यार्थीहरूले फिल्डमै गएर अध्ययन गरेर सिप सिक्ने मात्र ‘नभएर अन्तिम वर्षमा केश स्टडी सहित मुद्दाको मिसिल तयार गरेर वकालत प्रतिवेदन तयार गरेर प्रदर्शन पनि गर्नुपर्छ।’
मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ एप्लाईड साइन्स टेक्नोलोजी अफ ल अन्तर्गत सञ्चालन भइरहेको  ‘मनमोहन इन्स्टिच्युट अफ ल’ कलेजले  गत वर्षदेखि व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तरको पढाई सुरु गरेको बताए। उनका अनुसार गतबर्षदेखी सुरु भएको विएएलएबी र एलएलएममा कोटा भन्दा बढी विद्यार्थीहरूले भर्ना आवेदन गरेको जानकारी गराए। उनले दक्ष कानुन व्यवसायी उत्पादन गर्न मनमोहनले कहिल्यै गुणस्तरमा सम्झौता नगर्ने प्रतिबद्धता जनाए।