नेकपा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन्।
एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा सहभागी हुन बारा आइपुग्ने कार्यक्रम तय भएपछि सिमराका जेनजी समुहका युवाहरूले अहिले सिमरा विमानस्थल घेराउ गरेका छन्। विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटिएको छ।
महासचिव शंकर पोखरेल, नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा छन्।
बारा आउने सूचना पाएलगत्तै मंगलवारदेखि नै जेनजी युवाहरूले सामाजिक सञ्जाल मार्फत विरोध कार्यक्रम तय गरेका थिए।




















