प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका दलसँग छलफल गर्दैछन्। प्रधानमन्त्री कार्कीले अपरान्ह ४ बजे छलफल गर्न लागेकी हुन्।
छलफलमा कार्कीले सरकारका कामकारबाही र प्राथमिकताका विषयमा जानकारी दिने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।
रावलले भने, ‘आज निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे प्रधानमन्त्रीले जानकारी दिँदै हुनुहुन्छ।’
छलफलका लागि आयोगमा दर्ता भएका दललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको छ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीमा सक्रिय भएको सरकारले पछिल्ला दिनमा दलसँगको छलफललाईसमेत निरन्तरता दिँदै आएको छ।




















