कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषि कार्यका लागि एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवेसहित विभिन्न मेसिन र सिस्टम उपकरणहरू बनाएका छन्। 
मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमातर्फ अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूले कृषि कार्य गर्दा धान काट्ने, दाइ गर्ने, मल, पानी, छर्ने, जोत्ने आदि काम एकै मेसिनबाट गर्न सक्ने स्मार्ट फार्मिङ उपकरणसहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवे लगायत विभिन्न मेसिन र सिस्टम उपकरणहरू बताएका हुन्।   
आइतबार मनमोहन पोलिटेक्निकका इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीहरूको समूहले बनाएको उक्त स्मार्ट फार्मिङ मेसिनको रिमोटबाटै डेमो चलाएर प्रदर्शन समेत गरे। 
यसैगरी, मनमोहनकै इलेक्ट्रिक एण्ड ईलेक्ट्रिोक्स इन्जिनियरिङतर्फका विद्यार्थीहरूले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने पोडवे पनि निर्माण गरेका छन्। उनीहरुले पनि आइतबार उक्त सोलार पोडवेको प्रदर्शनमा डेमा सञ्चालन गरेर प्रदर्शन गरे। सोही समूहका विद्यार्थीले विषादी छर्ने मेसिन पनि बनाएका छन्। 
civil demo 1आईटीका विद्यार्थीले बनाएर ब्लड डोनेसन पोर्टल 
आइतबार नै सिभिलतर्फका विद्यार्थीहरूले भुकम्प्प रहित पुरानो मोडलको घर, आधुनिक धर्मशाला, मिल्टप्रोपोज कम्पेलेक्स र व्यापारिक मल आदिका ७ वटा डेमो प्रदर्शन गरेका थिए। आइटी विभागका विद्यार्थीहरूले सफ्टवेयरतर्फ पनि प्रदर्शन गरेका थिए त्यसमा रक्तदान गर्न सहयोग पु¥याउने ब्लड डोनेसन पोर्टल, कर्मचारीको कार्य व्यवस्थापन प्रणाली, दर्ता चलानी प्रणाली, अनलाइन मार्फत व्यापार गर्न सकिने सजिलो मार्ट लगायतका सफ्टवेयरहरू प्रदर्शन गरेका थिए। मेकानिकलतर्फका विद्यार्थीहरूले घुमफिर गर्ने होचो अनलोड वोगी (कार), अटोमेटिक वासिङ मेसिन र अटोमटिक राईस प्लान्टर आदि उपकरणहरुको डेमो प्रदर्शन गरेका थिए।  
smart farming mechine 1मनमोहन पोलिटेक्निकका  तीन बर्षे डिप्लोममा पास आउट भएर जाने विद्यार्थीहरूले हरेक वर्ष आफूले बनाएका विभिन्न उपकरणहरू प्रदर्शन गर्दै आएका छन्। तर विद्यार्थीहरूले बनाएका उपकरणहरुको व्यवसायिक प्रयोजनामा निजी र सरकारी क्षेत्रबाट चासो नहुँदा सबै गोदाममा थन्किएर बस्ने गरेको पोलिटेक्निकका प्राचार्य सुदिप अधिकारीले बताए। विद्यार्थीहरूले बनाएको उपकरणहरू अवलोकन गर्न विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल , उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्द किशोर राठी, कार्यकारी महानिर्देशक चूडामणि भट्टराई, कृषि उद्यममा सक्रिय उद्योगी सोमप्रसाद अधिकारीदेखि ईन्जिनिरिङ क्याम्पस धरानका कम्प्युटर विभाग प्रमुख मनोज गुराई, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका कर्मचारी र बुढीगंगा गाउँपालिका जनप्रतिनिधिसहित सभासद् र संरक्षण अधिकृतहरू पनि पुगेका थिए।