जेनजी आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका छन्।

कास्की प्रहरीका अनुसार पृथ्वीचोकमा रहेको शहीद लखन थापाको सालिक फुटाउनेसँगै व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्ने सम्मको भूमिकामा उनी सक्रिय थिए। प्रहरीले मंगलबार बिहान उनलाई पक्राउ गरेको हो।

पाण्डे पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्ष थिए। आफैँ अध्यक्ष भएर संस्थाको रकम अपचलन गरेपछि उनी प्रहरीद्वारा यसअघि नै पक्राउ गरिएका व्यक्ति हुन्। उक्त मुद्दामा पक्राउ परेपछि धरौटीमा छुटेका थिए।

उनका विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने पहरीले जनाएको छ।