बेलबारी नगरपालिका–३ स्थित लोहन्द्रा खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
सोमबार दिउँसो स्थानीयवासीले खोलामा शव देखेपछि इलाका प्रहरी कार्यालय बेलबारीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक राजिब गिरीको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार अन्दाजी ६० वर्षीय बलबहादुर खड्का मृत फेला परेका हुन्।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
        
        
                    
        
        
        
                                        
                                                                                                


        
        
        
        
















