अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। ट्रम्पको अमेरिका भ्रमणको क्रममा यी सम्झौतामा हस्ताक्षर भएका हुन्।
एउटा सम्झौताले अमेरिका–जापान सम्बन्धमा स्वर्ण युगको सुरुवात मानिएको छ। दुई नेताहरूले केही समय अघि मात्रै यी सम्झौताहरूमा हस्ताक्षर गरेका थिए। व्यापार सम्झौता लामो समयदेखिका दुई सहयोगीहरू बिचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ।
दोस्रो सम्झौता महत्त्वपूर्ण खनिज सम्झौता हो। यसले दुर्लभ धातुको आपूर्ति सुनिश्चित गर्ने रूपरेखा प्रदान गर्नेछ। सम्झौता अमेरिका र जापानबिच दुर्लभ धातुको आपूर्ति र उत्पादन बढाउनमा केन्द्रित छ। पछिल्लो समय अमेरिकाले दुर्लभ धातुमा चीनमाथिको निर्भरता कम गर्न खोजिरहेको छ। हालैका दिनमा ट्रम्पले मलेसिया, थाइल्यान्ड र अस्ट्रेलियासँग पनि दुर्लभ धातुसम्बन्धी सम्झौता गरेका थिए।
विद्युतीय उपकरण, विद्युतीय कार र सैन्य उपकरण लगायतका सामान बनाउन चाहिने यी धातु जापानसँग पर्याप्त मात्रामा छ। तर अधिकांश धातु समुद्र मुनि छन्। जसले गर्दा यसको उत्खनन कठिन छ। कागजातहरूमा हस्ताक्षर गरेपछि, राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको बलियो सहयोगीको रूपमा प्रशंसा गरेका थिए। यस क्रममा उनले जापानकै पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीको पनि प्रशंसा गरे।




















