संखुवासभाको उत्तरी क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार संखुवासभा जिल्लाको किमाथांका आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो। 

भूकम्पबाट क्षति भएको रनभएको सम्बन्धमा सोधपुछ भइराखेको र हालसम्म एनिक जानकारी नआएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ।

यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।