शिक्षामन्त्री महावीर पुनले एमाले नेता महेश बस्नेतलाई सामाजिक सञ्जालमा हावामा आधारित टिप्पणी नगर्न आग्रह गरेका छन्। बस्नेतले पुनको भिडियो फेसबुकमा सेयर गर्दै मन्त्रीसँग गाडी, क्वाटर र सुरक्षाकर्मी रहेको टिप्पणी गरेपछि पुनले प्रतिवाद गरेका हुन्।

पुनले बस्नेतको टिप्पणीको जवाफ दिँदै ‘मेरो घर र गाडी कहाँ छ रु देखाउँ न त’ भन्दै चुनौती दिएका छन्। उनले बस्नेतलाई अनावश्यक चुरिफुरी र घमण्ड नगर्न सुझाएका छन्। साथै, “नबुझी हावामा कुरा नगर, म कस्तो मान्छे हुँ थाहा छ तिमीलाई” भन्दै स्पष्ट सन्देश दिएका छन्।

पुनले लेखेका छन्, “तीन–चार पटक भेटेर कुरा पनि भएको थियो, तिमी अझै धेरै वर्ष बाँच्छौ, खाल्डोमा जाने काम नगर।”