ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज सामोआसँग भिड्दै छ।
शुक्रवार ओमानमा जारी टी-२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो।
दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दै छ भने नेपाल अहिलेसम्म अपराजित छ।
समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अङ्क तालिकामा ८ अङ्कसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको युएईको ६ अङ्क छ। यस्तै, ओमानको पनि ६ अङ्कसहित तेस्रो स्थानमा छ। उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दै छ।
आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ। साथै, नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान बनाउँदै टी-२० विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ।