नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ।  

आज सुन तोलाको दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।