विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर जाँदै गरेको प्र.१-०२-००१ ख ५६०६ नम्बरको साईराम बस धनकुटा नगरपालिका-३ स्थित निगालेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। 
दुर्घटनामा मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका-७ की गंगा कार्की र महालक्ष्मी नगरपालिका-९ का डिल्ली बराल रहेका छन्। 
दुर्घटनामा धनकुटा नगरपालिका–४ का ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, मोरङ केराबारी–९ की वर्ष ६० की देवी न्यौपाने, महालक्ष्मी नगरपालिका–९ बस्ने ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी नगरपालिकाका–८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछिया–७ की आठ वर्षीया अंकिता खड्का र सोही नगरपालिका–७ की सिर्जना जिमी घाइेते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भिर रहेको छ। 
घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ।