नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीवार नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ। चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।