चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट चीनको राजधानी बेइजिङ पुगेका छन्।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार ओली मंगलबार बिहान बेइजिङ पुगेका हुन्। शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनलाई सम्बोधन गरेर ओली राजधानी बेइजिङ गएका हुन्।
चीन भ्रमणमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका सरकार र राष्ट्रप्रमुखसँग भेट गरेका छन्।