काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
बा०१-००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका-३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।
अनियन्त्रित भएर दुर्घटना भएको बसका दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ। थप १९ जना घाइतेको प्राथमिक उपचार केन्द्र आरुघाटमा उपचार भइरहेको छ।
घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।