एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ। भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गर्‍यो।

नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन्। उनले खेलको ९०औं मिनेटमा गोल गरेकी हुन् । यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो।