श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका-४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन्। उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो।
उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ। घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा चाँदनी मृत भेटिएकी थिइन्। गहुँ खेतमा मन्सुरीले आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको थियो। त्यस यता उनी फरार हुँदै आएका थिए।
पक्राउ परेका विरुद्ध रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।