उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्यमशीलता राष्ट्र परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले उद्यमशीलता केवल आम्दानीको माध्यम नभई समाज र राष्ट्र परिवर्तन गर्ने शक्तिशाली ज्वाला भएको बताए।
उनले भने,‘उद्यमशील र उद्यम जहाँ एउटा आम्दानीको माध्यम मात्रै नभई समाज र राष्ट्रलाई परिवर्तन गर्ने शक्तिशाली ज्वाला पनि हो। उद्यम एक सोच हो, जहाँ जोखिमप्रतिको आँट, समस्याप्रतिको समाधान र प्रगतिप्रतिको समर्पण समेटिएको हुन्छ। पछिल्लो समय युवाहरू विश्व सन्दर्भमा नयाँ सम्भावनाहरूको प्रतीक बनेका छन्। हाम्रो चाहना छ नेपाली युवा अब समस्या मात्र नबनुन् श्रम समाधान पनि बनुन्।
उनले प्रविधि र उद्यमशीलताको संयोजनमार्फत युवाहरूले विश्वका धारहरू परिवर्तन गरेका थुप्रै उदाहरण रहेको उल्लेख गर्दै उनले त्यसबाट नेपालका युवाहरूले प्रेरणा लिनुपर्ने धारणा राखे।