प्रतिनिधिसभाबाट सङ्घीय निजामती सेवा विधेयक पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो। 
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरे लगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।
विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए। यस्तै सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए।