निर्जीवन बिमा व्यवसायीहरूले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ महिना सम्म ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन्।
गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ३६ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका थिए। नेपाल बिमा प्राधिकरणले निकालेको तथ्याङ्क अनुसार कुल १४ ओटा निर्जीवन बीमा कम्पनीहरू मध्ये शिखर इन्ट्रेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ। आम्दानी धेरै गर्ने कम्पनी मध्ये सगरमाथा लुम्बिनी इन्ट्रेन्स लिमिटेड दोस्रो स्थानमा रहेको छ। यस कम्पनीले जेठ महिना सम्म ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ।
सबैभन्दा कम आम्दानी गर्नेमा नेशनल इन्ट्रेन्स कम्पनी लिमिटेड रहेको छ। यस कम्पनीले ९७ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ। यस वर्ष लघु बीमा कम्पनीहरूको व्यवसायमा पनि उल्लेख्य सुधार आएको छ तथ्याङ्कले देखाएको छ। लघु बीमा कम्पनीहरूले मात्रै ८४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेका छन्। गएको वर्षको यही अवधिको आम्दानी २३ करोड ९१ लाख रुपैयाँ थियो।