नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आज देशभर ८० लाख लिटर दही खपत हुने अनुमान रहेको जानकारी दिएका छन्।
आज असार १५ मा देशभर ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको जानकारी दिएका हुन्।
उनले भने,‘ हरेक वर्ष जस्तै यो वर्ष पनि असार १५ को उपलक्ष्यमा दही चिउराको प्रवर्द्धन र खपत बढाउने अभियानमा एसोसिएसन जोडिएको छ। असार १५ लाई मानो रोपेर मुरी फलाउने, धान दिवसको रूपमा मनाउने र दही चिउरा खाने दिनको रूपमा पनि मनाउने गरिएको छ। असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। दही चिउरा खानु हाम्रो संस्कृति हो र यस्ता कार्यक्रमलाई सबैले प्राथमिकतामा राख्नुपर्छ। किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन पनि यस्ता खालका कार्यक्रमले सकारात्मक योगदान गर्ने हामीले विश्वास लिएका छौँ।’
असार १५ नेपालको संस्कृतिसँग जोडिएको पर्व भएको भन्दै विशेष गरी दही चिउरा खाएर असार १५ मनाउने हाम्रो मौलिक परम्परा नै बनेको पनि उनले बताए।
असार १५ मनाउँदा दही चिउराको खपत बढ्ने छ भने हाम्रो संस्कृतिको जगेर्नामा पनि टेवा पुग्ने उनको विश्वास छ।