कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ। कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आज प्रदेशसभामा आज आगामी आर्थिक वर्षको लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्।
जसमध्ये उनले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेका छन्।
सो प्रदेशले चालु आर्थिक वर्षमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये चालुतर्फ १७ अर्ब ९० करोड १० लाख र पुँजीगततर्फ १७ अर्ब ३५ करोड ८२ लाख र वित्तीय हस्तान्तरणतर्फ दुई करोड बजेट विनियोजन गरेको छ।