कोशी प्रदेश सरकारले सडक, पुल तथा सहरी विकासका लागि १० अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

कोशी प्रदेशसभामा आइतबार आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट विनियोजन गरिएको जनाएका हुन्।

प्राकृतिक विपद्लाई तत्काल हटाउन चार र विपद् तयारीका लागि थप दुई बेलिब्रिजका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

सरकारले प्रदेशको रहर स्वच्छ सहर भन्ने नारासहित मोरङको रंगेली र इलामको सूर्योदय नगरपालिकामा फोहोर व्यवस्थापन प्रशोधन केन्द्रको पूर्वाधार निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ।‌