इरान र इजरायलबीच शुक्रवार रातभरि एक अर्कालाई आक्रमण गरेका छन्।
इजरायलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले पनि इजरायलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाई हमला गरेको हो।
शुक्रवार साँझ इजरायली सेनाले इरानबाट इजरायलमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेपछि जेरुसेलमभरि हवाई आक्रमणको साइरन बजेको थियो। 
प्रक्षेपण पछि, मध्य र उत्तरी इजरायलका ठुला क्षेत्रहरूमा साइरनहरू सक्रिय भएका थिए। र खसेका प्रक्षेपणहरूबाट हुने विस्फोटहरू सुनिएको आइडीएफले जनाएको छ।
बिहीबार राति इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एयर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकै पटक आक्रमण गरेको थियो। त्यसपछि इरानले पनि इजरायलमाथि जबाफी हमला गरेको हो। त्यो क्रम शुक्रवार पनि जारी रह्यो।
यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन्।