धिमाल समुदायको मौलिक चाड "एकीकृत जात्तिरी/सिरिजात बजार (पर्व)" तथा लोपोन्मुख ढोल प्रतियोगिता २०८२ बेलबारी-३ मा   सम्पन्न भएको छ। कार्यक्रमको आयोजना बेलबारी जातीय विकास केन्द्र, बेलबारी नगर समितिद्वारा गरिएको हो।

DSC00268

समारोहका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले धिमाल समुदायले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा गरेको प्रयास प्रशंसायोग्य रहेको बताए। नगर प्रमुख राईले “धिमाल समुदायले जुन ढंगले आफ्नो मौलिकताको जगेर्ना गरिरहेको छ, त्यो सम्पूर्ण समाजका लागि प्रेरणादायी छ। कुनै पनि भाषा, संस्कार वा पर्व कुनै एक जातिको मात्रै नभई सबै नेपालीको साझा सम्पत्ति भएको बताए। 

DSC00291

नगर प्रमुख राईले अझै धेरै संस्कृतिहरू लोप हुने अवस्थामा रहेको भन्दै अध्ययन र दस्तावेजीकरणको आवश्यकता औँल्याए। “हामीले आफ्नै भाषा र संस्कृति भन्दा अरूको महत्व दिन थालेका छौं, तर विश्वका विद्वानहरूले सबै भाषालाई धरोहरको रुपमा लिएका छन्,” उनले जोड दिए।