एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले नयाँ नेतृत्व पाएको छ। उक्त सङ्गठनको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन्। महासचिवमा भने दीपक धामी निर्वाचित भए।
अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत अध्यक्षमा कडरियाले ७३२ मत प्राप्त गरेका थिए। प्रतिस्पर्धी प्रकाश पौडेलले भने ७२५ मत पाए।
उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ विजयी भए। उपमहासचिवमा कमल जोशी विजयी भए भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए।
विद्युतीय मेसिनमार्फत भएको मतदान १५५१ मतदातामा रहेकोमा १४५० मत खसेको थियो। निर्वाचन समितिले सम्पूर्ण नतिजाको अन्तिम तयारी गरेको छ।