धनकुटा र सुनसरीबाट लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेठ २९ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थित चेकजाँचको क्रममा बाग्मती प्र.०२-०५२ प ७७५७ नम्बरको स्कुटर चालक दुधौली नगरपालिका-१० सिन्धुलीका ३३ वर्षीय अर्जुन कटुवाललाई २७ ग्राम ९२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिए सँगै ओसार पसारमा संलग्न उदयपुरको कटारी नगरपालिका-२ का ३३ वर्षीय सुमन माझी समेतलाई नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी रेल्वेले धरान-१६ बाट सोही स्थानका ३४ वर्षीय रोहित विष्टलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका-६ बाट प्र.१-०२-००१ज ४५२७ नम्बरको गाडी भित्रबाट १० किलोग्राम गाँजा फेला पारी चालक धनकुटा नगरपालिका-९ का २० वर्षीय बालकृष्ण मगरलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।