सुनसरीको इनरुवा नगरपालिका-८ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। 
जेठ २९ गते दिउँसो साढे १२ बजे सोही स्थानमा Worldlink को तार जडान गर्ने क्रममा उक्त नेटका कर्मचारी इटहरी उप-महानगरपालिका-१४ का २६ वर्षीय मुकेश कुमार चौधरी अचानक करेन्ट लागि घाइते भएकोमा उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात् थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।