हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यति बेला काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा वर्षा भइरहेको हो। 
देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू—भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार पश्चिमतिरबाट वर्षा गराउने प्रणाली आइरहेकाले केही समय अझै एक दुई घण्टा पानी पर्ने महाशाखाले जनाएको छ। साढे ११ बजेसम्म काठमाडौँमा चार मिलिमिटर वर्षा भएको जनाइएको छ। 
मौसमविद्हरूले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन्। हाल मनसुन भित्रिए पनि सधैँ सक्रिय नहुने उनीहरूको भनाई छ। 
यस्तै,जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन भित्रिसके पनि सधैँ सक्रिय नहुने प्रतिक्रिया दिइन्। 
‘यति बेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भू–भागबाट भित्रिसकेको छ। तर मुलुकको मध्य र पश्चिम एवम् सुदूरपश्चिमतिर मनसुन सक्रिय हुने क्रममा छ।’