शुक्रवार सुनको मूल्य बढेको छ। बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार १०० कायम भएको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।
यसैगरी आज चाँदी  पनि १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलाको रु दुई हजार १६५ मा कारोबार भइरहेको छ।