शुक्रवार बिहान सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चर्काचर्की भएको छ।
समिति बैठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानबिन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो।
समिति सभापति अब्दुल खानले विषयवस्तुमाथि प्रष्ट पारेर सांसदहरूको धारणा माग गर्ने सिलसिलामा प्रतिपक्षी दलका सांसदहरूले विषयान्तर गर्दै टेबल ठोकेका थिए।