भारतको अहमदावादमा बिहीबार भएको एयर इण्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एयर इण्डियाले जनाएको छ।
एयर इण्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ।
भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्रिटिश नागरिक विश्वासकुमार रमेशलाई आफू कसरी बच्न सकेँ भनेर थाहा नभएको उनका आफन्तहरूले बताएका छन्।
विश्वास कुमार उक्त बोइङ् ७८७ उडानमा ११ ए अङ्कको सिटमा थिए। अहिले सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ।
घाइते रमेशलाई भारतीय गृहमन्त्री अमित शाहले अस्पतालमा पुगी भेटेका छन्।
भारतमा जन्मिएका उनी यूकेमा सन् २००३ देखि बस्दै आएका थिए। उनको पत्नी र चार वर्षीय एक छोरा छन्।