हालै स्थानिय तथा रास्ट्रिय संचार माध्यमको सामाजिक सञ्जाल पेजमार्फत बेलबारी–३ मा जोखिममुक्त बस्ती व्यवस्थापन आयोजनाको नाममा आएको ७० लाख रुपैयाँ बजेटको दुरुपयोग भएको भनी प्रकाशित समाचारप्रति बेलबारी नगरपालिकाले आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, उक्त समाचार भ्रामक, आधारहीन र नियोजित ढङ्गले प्रस्तुत गरिएको छ, जसबाट नागरिकमा भ्रम फैलिएको नगरपालिका प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ  ।

नगरपालिकाका अनुसार, बेलबारी–३ को लोहन्द्रा खोलाबाट बस्ती कटान हुने तथा शवदाह स्थल नरहेकाले आवश्यक पूर्वाधार निर्माणका लागि २०७९/०८० आर्थिक वर्षमा सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिएको हो। सोही अनुसार बाढी नियन्त्रणसहित तटबन्ध र दुईवटा भर्याङ्गयुक्त शवदाह स्थल निर्माणका लागि e-GP प्रणालीबाट ठेक्का प्रक्रिया सम्पन्न गरी, ७० लाख ३२ हजार ३९४ रुपैयाँ ५८ पैसामा भास्कर कन्स्ट्रक्सन प्रा.लि.सँग मिति २०८१/०२/०३ मा सम्झौता गरिएको थियो। सो कार्य मिति २०८२/०२/२० मा सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी, लोहन्द्रा गङ्गा धाम निर्माण तथा व्यवस्थापन समितिसँग विभिन्न चरणमा भएको सहकार्य अन्तर्गत:

मिति २०८१/१०/२९ मा मलामी घर निर्माणका लागि कुल ५ लाख ५३ हजार २७ रुपैयाँ ६१ पैसाको लागतमा (नगरपालिकाबाट ५ लाख र समितिको श्रम सहभागिता ५३ हजार) निर्माण सम्पन्न।

मिति २०८१/०९/२८ मा सार्वजनिक शौचालय तथा स्नान गृह निर्माण कार्य २ लाख ७६ हजार ४८२ रुपैयाँ ०५ पैसाको लागतमा सम्पन्न।

मिति २०८१/०६/२२ मा मोटर बोरिङ र मोटर हाउस निर्माण ३ लाख ७१ हजार ६२ रुपैयाँ ९६ पैसामा सम्पन्न भएको जनाएको छ।

नगरपालिकाका अनुसार, उक्त आयोजनाका सबै संरचना नगरपालिका आफैँको लगानीमा निर्माण गरिएको हो र दाताबाट रकम उठाएर निर्माण गरिएको भन्ने समाचार तथ्यहीन छ। साथै, खानेपानी सेवाको ग्राहक नं. ६१०२८९४ अन्तर्गतको विद्युत् बिल समेत नगरपालिका आफैले मिति २०८२/०१/०४ मा भुक्तानी गरेको विवरण समेत सार्वजनिक गरिएको छ।

नगरपालिकाले प्रष्ट पारेको छ कि, लोहन्द्रा गङ्गा धाम निर्माण तथा व्यवस्थापन समिति सार्वजनिक सम्पत्ति ऐन, २०७६ बमोजिम गठन भएको हुँदा समितिको लेखापरीक्षण समेत नगरपालिकाकै आन्तरिक लेखा परीक्षकमार्फत हुनेछ।

बेलबारी नगरपालिकाले पत्रकारिताको आचारसंहिता विपरीत एकपक्षीय ढङ्गबाट समाचार सम्प्रेषण गरिएकोप्रति आपत्ति जनाउँदै, यस्ता भ्रामक र अपुष्ट समाचारले गलत सन्देश प्रवाह गर्ने भएकाले भविष्यमा यस्ता गतिविधिप्रति जिम्मेवार बन्न आम सञ्चार माध्यमहरूलाई अनुरोध गरेको छ। साथै, इच्छुक व्यक्तिहरूले आयोजनासम्बन्धी थप जानकारीका लागि नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएको छ।

नगरपालिकाले अन्त्यमा , “हामी पारदर्शिता, जवाफदेहिता र जनताको विश्वासलाई सर्वोच्च प्राथमिकतामा राख्दै 

काम गर्न प्रतिबद्ध छौं।”उल्लेख गरिएको छ।  

222222

11111