नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनी सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन्। 
बिहीबार सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिति नभएको भन्दै उनले लिखित सहमति तर्फ भएको बताएका हुन्। 
उनले भने,‘ हामी लिखित सहमति गर्ने ठाउँ तिर गयौ। आज मैले प्रतिपक्षहरूसँग छलफल गरिसकेपछि सत्तापक्षको साथीहरूसँग छानबिन गर्ने प्रतिबद्धता नभईकन प्रतिपक्ष तयार हुने स्थिति छैन। जनमत जसरी गएको छ विषयको गम्भीरतासँगै संवेदनशीलता हेर्दा एउटा गृहमन्त्रीको कुरा मात्र हैन । यो विगतदेखि नै लगातार अध्यागमनको समस्या भइरहेको छ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अझै छलफल गर्न चाहेको बताए। 
‘सत्तापक्षको तर्फबाट छलफल गरेर हामीलाई छानबिन गर्ने, अध्ययन गर्ने र आवश्यक संरचना बनाएर ठोसरुपमा पहल लिने भन्ने प्रतिबद्धता दिइयो। यो प्रतिबद्धता पनि प्रतिपक्षमा सकारात्मक वातावरण बनेको छ। त्यसमा प्रतिपक्षका अझै साथीहरू छलफल गर्न चाहनु भएको छ,’ उनले भने।