डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले आफू निकट पत्रकारहरूलाई सङ्गठित गर्दै अवधेशकुमार झा को नेतृत्वमा ‘प्रेस जनमत सङ्घ’ गठन गरेको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णयअनुसार सप्तरीका अवधेशकुमार झाको नेतृत्वमा ‘प्रेस जनमत सङ्घ’ तदर्थ समितिको घोषणा गरेको हो।
प्रेस जनमत सङ्घ जनमत पार्टीको शुभेच्छुक सङ्गठनको रूपमा रहनेछ। साथै सङ्घको जिल्ला र प्रादेशिक समितिहरू पनि क्रमशः गठन गरिने जनाइएको छ।
जनमत पार्टीको केन्द्रीय सचिवालयको निर्णय अनुसार सङ्घीयता, लोकतन्त्र र गणतन्त्रमा आस्था राख्ने पत्रकारहरू सम्मिलित प्रेस जनमत सङ्घको २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको हो।
नवगठित प्रेस सङ्घमा रामनारायण विश्वास सहअध्यक्ष चयन भएका छन् भने ललनकुमार मण्डल सचिवमा चुनिएका छन्।
यस्तो समिति
१. श्री अवधेशकुमार झा: अध्यक्ष
२. श्री रामनारायण विश्वास: सहअध्यक्ष
३. श्री ललनकुमार मण्डल : सचिव
४. श्री जितेन्द्र खड्गा : केन्द्रीय सदस्य
५. श्री मनोज मरबैता : केन्द्रीय सदस्य
६. श्री विजयकुमार साह : केन्द्रीय सदस्य
७. श्री सुमित मिश्र : केन्द्रीय सदस्य
८. श्री अनिल पाण्डे : केन्द्रीय सदस्य
९. श्री केशव लुइँटेल : केन्द्रीय सदस्य
१०. श्री शम्भु पण्डित : केन्द्रीय सदस्य
११. श्री शेख मोजिबुल्लाह : केन्द्रीय सदस्य
१२. श्री मुना ठाकुर : केन्द्रीय सदस्य
१३. श्री सञ्जय यादव : केन्द्रीय सदस्य
१४. श्री श्यामल कुमार गिरी : केन्द्रीय सदस्य
१५. बिजेन्द्रकुमार चौधरी : केन्द्रीय सदस्य
१६. श्री वीरेन्द्रकुमार साह : केन्द्रीय सदस्य
१७. श्री चन्दन रजक : केन्द्रीय सदस्य
१८. श्री चन्दन रौनियार : केन्द्रीय सदस्य
१९. श्री भोगेन्द्र साह : केन्द्रीय सदस्य
