सुनसरी र ताप्लेजुङबाट लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेठ २४ गते प्रहरी चौकी नरसिंह टप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी-१७ का २९ को अविनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-६ बाट सोही स्थानका २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जीवन बुढाथोकीलाई ९२ एम्पुल लागूऔषध सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजासहित प्रदेश १-०२-०५१ प ४८२३ नम्बरको मोटरसाइकल चालक धनकुटा-९ का २१ वर्षीय लक्ष्मण माझीलाई वराहक्षेत्र-१ बाट पक्राउ गरेको छ।
त्यस्तै, ताप्लेजुङको फुङलिङ नगरपालिका-७ घर भई हाल फुङलिङ-६ स्थित डेरा गरी बस्दै आएका २६ वर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित उनकै कोठाबाट र बेचबिखनमा संलग्न भारत दार्जिलिङका २३ वर्षीय नितेन वर्मनलाई फुङलिङ-२ बाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।