मोरङको पथरी शनिश्चरे नगरपालिका–३ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने सुनझोडा खोलामाथि मोटरेबल पुल निर्माण हुने भएको छ। स्थानीयबासीको लामो समयदेखिको माग संघीय सांसद डा. सुनिल शर्माको सक्रिय पहलमा अब कार्यान्वयनको चरणमा प्रवेश गरेको हो।

वर्षायाममा खोला पार गर्नुपर्ने कठिनाइका कारण जोखिम मोल्दै आएका स्थानीयहरू अब सुरक्षित र सहज आवागमन गर्न पाउने भएका छन्। पुल निर्माणपछि पथरी शनिश्चरे र उर्लाबारीबीचको सम्बन्ध थप मजबुत र गतिशील हुने जनाइएको छ।

WhatsApp Image 2025-06-01 at 13.24.03_85514231यो योजना नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, कोशी प्रदेशको ईटहरीस्थित स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयद्वारा कार्यान्वयनमा ल्याइएको हो।

पुल निर्माणको ठेक्का कार्की बन्धु कन्स्ट्रक्सन प्रा.लि., विराटनगर–३ ले प्राप्त गरेको छ। कुल लागत ५ करोड ६८ लाख ९३ हजार ८५५ रुपैयाँ ७७ पैसा (भ्याट र मूल्य समायोजनसहित) रहेको छ। निर्माण सम्झौता २०८२ साल जेठ ८ गते सम्पन्न भएको हो भने २०८३ साल चैत्र ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ। निर्माण कम्पनीले एक वर्षभित्रै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

1शनिबार नेपाली कांग्रेस पथरी शनिश्चरे वडा नं. २ को आयोजनामा पुलको शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संघीय सांसद डिकबहादुर लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी थिए। शिलान्यास कार्यक्रम संघीय सांसद डा. सुनिल शर्मा, प्रदेश सांसद मानबहादुर लिम्बु र गीता तिमल्सिनाको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।

4 1कार्यक्रममा उर्लाबारी र पथरी शनिश्चरेका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।