गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन्। 
यातायात व्यवसायीहरूले आइतबार बिहानैदेखि सडकमा सवारी साधन चल्न दिएका छैनन्। आन्दोलनमा कारण पोखरामा कम सङ्ख्यामा सवारी साधन गुडेका छन्। 
गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानुनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन्। 
गत शुक्रवारदेखि आन्दोलनरत रहेका यातायात व्यवसायीहरूले माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताउँदै आएका छन्। पोखरामा बन्दको प्रभाव परेको देखिन्छ।