झापा र इलामबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेठ १३ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे.५ प ९६४५ नम्बरको मोटरसाइकल सहित मोटरसाइकल चालक कनकाई नगरपालिका-५ का २५ वर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका-९ का २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी बाघ खोरले दमक नगरपालिका-३ का २९ वर्षीय किरण राई र भारत बिहारका ३६ वर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।
त्यसैगरी, इलामको चुलाचुली गाउँपालिका-४ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले प्र.१-०१-०१३ प ५४८३ नम्बरको मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय अन्जन राईलाई ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।