न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्।  
उनी आज दिउँसो  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै काठमाडौँ आइपुगेका हुन्।
उनलाई  विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरे। नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। साथै, उनले परराष्ट्रमन्त्री डा। आरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
यो भ्रमण न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेश मन्त्रीबाट नेपालको पहिलो औपचारिक भ्रमण हो। यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।