करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ वर्षीय उपेस परियारको करेन्ट लागेर निधन भएको हो। 

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जिवनी चोकमा ११ हजार भोल्टको हाइट्रेसन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट उनको मृत्यु भएको हो।