नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरू मिलेर नै आन्दोलनहरू सफल भएको बताएका छन्।
शनिवार ३२ औँ मदन—आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरूप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन्।
उनले भने,‘कमरेड पुष्पलालले भन्नुभएको थियो–जबसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गदैनन्, निरङकुस राजतन्त्रलाई पञ्चायती तानासाहीलाई पराजित गर्न सकिँदैन। यो विचारलाई कांग्रेसका नेता बिपी कोइरालाले अस्वीकार गरेका थिए। फलस्वरूप बिपी बाचुन्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन। पछिल्लो ०६२÷६३ वामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितिमा निरङ्कुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो। यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ। किताबको पाना पल्टाएर होइन देशको परिस्थिति अनुसार अगाडि बढ्नुपर्छ।’
उनले जनताको विश्वास अनुरूप काम गर्नुपर्ने भन्दै सबै एकताबद्ध भएर काम गर्नुपर्ने बताए।