गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको ‘लजाउने हैछौनी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।
गीत देउडा संकृतिमा आधारित रहेको छ। गायक गिरीकै शब्द, रोहित देउवाको सङ्गीत सृजना, विषम आचार्यको एरेन्ज तथा  श्याम श्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा सुदूरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ।
भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेशनाथले पनि अभिनय गरेका छन्। नुवाकोटका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको लजाउने हैछौ नि एक प्रेमील रोमान्टिक गीत हो। जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन्। 
भिडियोको आकर्षक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेशनाथ अर्थात् बैतडी बाजेको पनि यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ। भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन्।
सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायाङ्कन उत्तम हुमागाईँले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन्। गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो। गीतले देउडा संस्कृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्दत पुर्‍याउने विश्वास निर्देशक गिरीले लिएका छन्।
https://www.youtube.com/watch?v=k0vAxyDxesQ